२४ घन्टामा थप ५९३ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ११,७५५ पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ असार २०७७, शनिबार ०५:१२

काठमाडौं । विभिन्न जिल्लामा थप ५ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप ५ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थप ५ सय ९३ जनाका संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार अब देशभर संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।

संक्रमितमध्ये २ हजार ६ सय ९८ जना उपचारपछि घर फर्किएका छन् भने २७ जनाको ज्यान गएको छ ।

आज पाल्पामा ७६, दाङका ७५ जना, रौतहटका ५६, डोटीका ४६, कञ्चनपुरका ४२, कैलालीका ३१, बाजुराका २७, बैतडी र गुल्मीका २५-२५ जना, नवलपुरका २३, कपिलवस्तुका २१, प्युठानका २०, धनुषाका १५, चितवन र सुर्खेतका १२-१२ जना, सुनसरीका १०, बझाङका ९ जना, सिराहा, गोरखा, सिन्धुली, रुपन्देही र लमजुङका ६-६ जना र दैलेखका ५ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै झापा र महोत्तरीका ४-४ जना, काठमाडौं, अर्घाखाँची, दार्चुला, सल्यान र जुम्लाका ३-३ जना, मोरङ, बारा, कास्की, तनहुँ र जाजरकोटका २-२ जना, अछाम, सल्यान, नुवाकोट, बाग्लुङ, स्याङ्जा, नवलपरासी र मुगुका १-१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१