प्रहरी सहायक निरीक्षकसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ असार २०७७, शुक्रबार ०५:२७

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा प्रहरी सहायक निरीक्षकसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले अस्थायी प्रहरी पोष्ट इनर्वागाउँ वीरगञ्जका प्रहरी सहायक निरीक्षक पूर्णबहादुर तामाङसहित पाँच जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रहरी सहायक निरीक्षक तामाङ, प्रहरी हवल्दार विष्णु दयाल चौधरी र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जका प्रहरी जवान अवधेश रायले प्रहरी जवान राजकुमार गरुङसँग मिलेर हुण्डी कारोबारीले ल्याएको रु २० लाखबाट रु सात लाख घुस लिएको आयोगको अनुसन्धानबाट खुलेको छ ।

आयोगले प्रसनी तामाङ, प्रहरी हवल्दार चौधरी, जवान राय र गुरुङविरुद्ध रु सात लाख बिगो माग दाबी गरेको छ ।

बयानका क्रममा प्रसनी तामाङलाई सजाय हुनबाट बचाउने प्रयास गरी उक्त कसुरको मतियार ठहर गर्दै कावासोती नगरपालिका–५ बस्ने सोनाम तामाङविरुद्ध पनि आरोपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१