विभिन्न जिल्लामा थप ४३४ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ११,१६२ पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ असार २०७७, शुक्रबार ०५:१४

काठमाडौं । देशैभर कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थप ४ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थप ४ सय ३४ जनामा कोरोना संक्रमण भएको जानकारी दिए । अब देशैभर कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।

संक्रमितमध्ये २ हजार ६ सय ५० जना उपचारपछि घर फर्किएका छन् भने २६ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१