स्याङ्जाका थप एक कोरोना संक्रमितको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ असार २०७७, बिहीबार ०७:४२

काठमाडौं। नेपालमा थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार गराई रहेका स्याङ्जाका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार राति मृत्यु भएको छ ।

मृतक असार ८ गते आइसियूमा भर्ना भएका थिए । उनको शव व्यवस्थापनको तयारी भई रहेको जनाइएको छ । गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डा. अर्जुन आचार्यका अनुसार गत असार ८ गते अस्पतालमा भर्ना भएका उनलाई सघन कक्षमा राखेर उपचार भइरहेको थियो।

ती पुरुषमा मधुमेह र निमोनियाको पनि समस्या रहेको समेत अस्पतालले जनाएको छ। कोभिड-१९ पोजेटिभ भई उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका यी पुरुष दोस्रो व्यक्ति हुन्।

यस अगाडि पनि स्याङ्जाकै कोरोना पोजेटिभ एक पुरुषका मृत्यु भएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१