पर्यटनमन्त्री भट्टराई सहभागी भर्चुअल बैठकमा एक्कासी बज्यो पोर्न भिडियो !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ असार २०७७, मंगलवार ०५:२३

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई सहभागी भर्चुअल बैठकमा एक्कासी पोर्न भिडियो बजेको छ ।

जुममार्फत गरिएको बैठकमा मन्त्री भट्टराई बोलिरहेकै समयमा एक्कासी अनधिकृतरुपमा ह्यारिस नामका व्यक्ति प्रवेश गरेर पोर्न भिडियो प्ले गरेका थिए ।

नेपाल पर्यटन बोर्डले सुरक्षा निर्देशिका सार्वजनिक गर्न आयोजना गरेको बैठकमा मन्त्री भट्टराई बोल्दाबोल्दै पोर्न भिडियो बजेको मन्त्री निकट स्रोतले जनाएको छ ।

मन्त्रीसहित झण्डै २ सय जना सहभागी बैठकमा पोर्न भिडियो प्ले भएपछि एडमिनले तत्काल नै भर्चुअल बैठक अन्त्य गरेका मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् ।

प्रहरीको साइबर सेलले यो विषयमा अनुसन्धान सुरु गरिसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१