शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ असार २०७७, मंगलवार ०५:०७

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षण संस्था सञ्चालन नभएको अवधिको शुल्क नलिन निजी विद्यालयहरुलाई निर्देशन दिएको छ ।

सोमबार मन्त्रालयका प्रवक्ता दिपक शर्माले विज्ञप्ति जारी गरेर शुल्क नलिन निजी विद्यालयको छाता संस्था प्याब्सन, एनप्याब्सनलाई सचेत गराएका हुन् ।

प्रवक्ता शर्माद्धारा जारी विज्ञप्तिमा प्याब्सन, एनप्याब्सनले गरेको अपिलप्रति मन्त्रालयको ध्यानार्कषण भएको उल्लेख छ ।

‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७’ विपरितका क्रियाकलाप नगर्न/नगराउन अपील गरिएको छ । साथै विद्यालयहरुले भोग्नु परेको समस्याको बारेमा छलफल गर्न सकिने मन्त्रालयले जनाएको छ ।

असार १ गतेदेखि सञ्चालन गरिएको वैकल्पिक कक्षासम्बन्धी कुनै समस्या भए विद्यालयले सम्बन्धित स्थानीय तहसँग समन्वय गर्नुपर्ने विज्ञप्तिमा जनाइएको छ ।

आइतबार निजी विद्यालयका छाता संस्थाहरु प्याब्सन र एनप्याब्सनले गत वर्षको बाँकी र शैक्षिक सत्र २०७७ को शुल्क बुझाउन अपिल गरेका थिए । निजी विद्यालय सञ्चालकहरुले लकडाउनको अवधिमा सरकारले कुनै राहत नदिएको भन्दै शुल्क उठाउनु परेको जिकिर गरेका थिए ।

उनीहरुले शुल्क बुझाउन अपिल गरेसँगै विद्यार्थी तथा अभिभावकले भने असन्तुष्टि जनाएका छन् ।

विद्यार्थी संगठनद्वारा शुल्क नलिन आग्रह

यसैबीच विद्यार्थी संगठनले समेत निजी विद्यालयलाई शुल्क नलिन आग्रह गरेका छन् ।

आज अनेरास्ववियू र नेविसंघले विज्ञप्ति जारी गर्दै निजी शैक्षिक संस्थालाई शुल्क नलिन आग्रह गरेका हुन् । उनीहरुले शुल्क नबुझाउन अभिभावकलाई आह्वान गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१