नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ असार २०७७, आईतवार ०५:२१

नेपालमा शनिबार थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ८ हजार ६०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।पछिल्लो २४ घण्टामा १ सय ७६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

आज कोरोना संक्रमण जितेर अस्पतालबाट डिस्चार्ज हुनेमा सिरहा अस्पतालबाट २६ पुरुष, जानकी अस्पताल बाँकेबाट ४१ जना पुरुष, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट १३ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै, कोसी अस्पतालबाट मोरङका १ जना पुरुष र १ जना महिला, खोटाङका ३ जना पुरुष, सुनसरीका १ पुरुष र २ महिला, उदयपुरका १ पुरुष र १ महिला गरी जम्मा १० जना कोसी अस्पताल डिस्चार्ज भएका छन् ।

प्रवक्ता गौतमका अनुसार सुर्खेतबाट सल्यानका ११ जना पुरुष र सुर्खेतका १३ जना पुरुष गरी २४ जना डिस्चार्ज भएका छन् ।

कोरोना विशेष अस्पताल दाङबाट २जना महिला र ३ जना पुरुष डिस्चार्ज भएका छन् । मनहरी आइसोलेशनबाट १ जना महिला र ५ जना पुरुष गरी ६ जना डिस्चार्ज भएका छन् ।

डडेलधुरा अस्पताल २ जना अछाम अस्पतालबाट ५ जना, दार्चुला अस्पतालबाट २ जना, डोटी अस्पताल ९ जना, धनगढीबाट ८ पुरुष, टीकापुरु अस्पतालबाट ४ जना, नेपालगन्ज मेडिकलबाट १ जना, महाकाली अस्पतालबाट ८ जना र भरपुरबाट ६ जना डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ हजार ५७८ पुगेको छ । जनामध्ये १ सय ४१ जना महिला र १ हजार ४ सय ३७ जना पुरुष रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ४ सय १६ जनाको नमूना पीसीआर विधिबाट परीक्षण गरिएको छ । हालसम्म १ लाख ५९ हजार ६५ वटा नमूना पीसीआर विधिबाट परीक्षण गरिएको डा गौतमको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१