नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघ्यो : विभिन्न जिल्लामा थप ४२६ जनामा संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ असार २०७७, शनिबार ०५:१०

काठमाडौं । पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ संक्रमितसँगै देशभर संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको जानकारी दिए । अहिलेसम्म संक्रमितमध्ये १ हजार ४ सय २ जना उपचारपछि घर फर्किएका छन् भने २२ जनाको मृत्यु भएको छ ।

देशका विभिन्न ठाउँमा १ लाख ९ हजार ४ सय ६१ जना क्वारेन्टाइनमा रहेका छन् ।

नयाँ संक्रमित

गुल्मीमा ९४ जना
बैतडीमा ६८ जना
कैलालीमा ४९ जना
बागलुङमा ३२ जना
सिन्धुपाल्चोकमा २१ जना
कञ्चनपुरमा २० जना
तनहुँमा १९ जना
डोटीमा १५ जना
गोरखामा ११ जना
सर्लाहीमा ११ जना
डडेल्धुरामा ९ जना
अछाममा ८ जना
कास्कीमा ८ जना
मकवानपुरमा ८ जना
बाजुरामा ८ जना
अर्घाखाँचीमा ६ जना
पर्वतमा ५ जना
नवलपरासीपूर्वमा ४ जना
कपिलवस्तुमा ४ जना
सर्लाहीमा ४ जना
मोरङमा ३ जना
काठमाडौंमा ३ जना
स्याङ्जामा ३ जना
बझाङमा ३ जना
उदयपुरमा २ जना
रुपन्देहीमा २ जना
झापामा १ जना
सिन्धुलीमा १ जना
चितवनमा १ जना
धादिङमा १ जना
नवलपरासी पश्चिममा १ जना

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१