रुकुम घटनाका पीडित प्रतिपरिवारलाई एक लाख दिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ असार २०७७, शनिबार ०५:०४

सुर्खेत । कर्णाली प्रदेश सरकारले रुकुमपश्चिम घटनाका छ जना मृतकका प्रतिपरिवारलाई रु. एक / एक लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेकाे छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेकाे हाे । प्रदेश निजामती सेवा पुरस्कारसम्बन्धी मापदण्ड तथा कार्यविधि २०७७ स्वीकृत गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन्।

भौतिक पूर्वाधार विकास कार्यालयका कार्यालय प्रमुख पदमा योग्यता पुगेका इञ्जिनियरिङ सेवा र सिभिल समूहअन्तर्गतका जुनसुकै उपसमूहका कर्मचारी जान पाउने गरी उपसमूह खुल्ला गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यसैगरी ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधासम्बन्धी कानूनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७७’ प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । उक्त विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१