फेसबुक प्रयोग गर्न छोड्नै पर्ने ६ कारण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० भाद्र २०७१, सोमबार १०:०५
facebook_what_appsसामाजिक सञ्जाल फेसबुक अव हरेक इन्टरनेट प्रयोगकर्ताको लागि आँगन जस्तै भैसकेको छ । अव फेसबुक प्रयोग गर्न छोड्नु असम्भव जस्तै लाग्छ । किन भने जीवनका हरेक क्षणमा फेसबुकको प्रभाव देखिन थालिसक्यो ।
यहाँ यही सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल प्रयोग गर्न छोड्नु पर्ने ६ कारण प्रस्तु गरिएको फेसबुकले सबै प्रतिस्पर्धीलाई किन्दैछः
तपाइँलाई थाहै होला फेसबुकले केही महिना अघि मात्र प्रतिस्पर्धी स्मार्टफोन एप इन्स्टाग्राम र ह्वाट्सएप खरिद गरेको थियो । उनीहरुले बजारमा पैदा गरेको दवाव पुरै मेटाउन फेसबुकले यसो गरेको हो । त्यतिमात्र होइन प्रयोगकर्ताको बढी भन्दा बढी डाटा संकलन गर्ने फेसबुकको लक्ष्य छ । त्यतिमात्र कहाँ होर हालै फेसबुकले एउटा मानवरहित विमान किनेको जसले इन्टरनेटको पहुँच नभएका मानिसलाई पनि इन्टरनेट प्रदान गर्नेछ । यसरी हेर्दा फेसबुकले संसारलाई आफ्नो शासनभित्र ल्याउने लक्ष्य नै राखेको जस्तो देखिन्छ । के तपाइँ आफ्ना डाटा र अनलाइन सर्चबारे सबैकुरा फेसबुकलाई भन्न चाहनु हुन्छ । यदी चाहनु हुन्न भने फेसबुक प्रयोग गर्न छोड्नुको विकल्प छैन ।
facebook what apps
माइक्रोफोन फिचरः
फेसबुकले हालैमात्र एउटा नयाँ फिचर लन्च गरेको छ । जुन फिचरको विश्वका सबै ब्यक्तिगत निजत्व चाहनेहरुले विरोध गरे । नेपालमा भने त्यसका खासै चर्चा भएन । उक्त फिचरमा एउटा एस्तो एप छ जुन् तपाइँको स्मार्टफोनमा आफै एक्टिभेट हुन्छ र तपाइँका कुराकानी रेकर्ड गर्छ ।
facebook microfon feature
विज्ञापनको बाढीः
फेसबुकले तपाइँका चाहाना र मन पर्ने कुरा तपाइँको इन्टरनेट सर्चमा गरिएको अनुगमनबाट जानकारी लिन्छ । तपाइँको फेसबुक पेजमा विज्ञापन निरन्तर प्रभाह गर्छ । खासमा फेसबुकले तपाइँका इन्टरनेट गतिविधी संसारका ठूला ठूला कम्पनीलाई बेच्ने गरेको छ । तपाइँका गोप्य जानकारी अहिले विक्रीमा छन् । के तपाइँ आफ्ना जानकारी विदेशी कम्पनीहरुले किनोस् भन्ने चाहनु हुन्छ भने त ? यदि चाहनु हुन्न भने फेसबुक चलाउन छोड्नै पर्छ ।
advertising
लाइकको नाममा सम्मोहनः
पछिल्लो समयमा मानिसहरु आफ्ना सबै दैनिक जीवनका घटना तस्विर सहित फेसबुकमा शेयर गर्न मन पराउँछन् । त्यसमा आउने लाइक र कमेन्ट खास चासोका विषय हुन् । जति धेरै लाइक र कमेन्ट पायो त्यतिनै बढी मख्ख पर्ने चलन हुन्छ । तर वास्तवमा तपाइँ कतै सामाजिक सञ्जालमा ब्यस्त हुँदा आफ्ना वास्तविक साथीभाइ र आफन्तबाट टाढिँदै जानु त भएको छैन । खासमा भन्दा हो त्यसै भएको छ ।
facebook notification
फेसबुक चलाउनुको साटो च्याटमा भेटिने साथी र आफन्तलाई एक पटक प्रत्यक्ष भेट्नुस् त्यसको प्रभाव जीवन्त र साँच्चिकै सुखद् हुन्छ ।
facebook log in
फेसबुकले तपाइँलाई छोड्दै छोड्दैनः
यदि तपाइँले फेसबुकबाट दिक्क भएर यसलाई डिएक्टिभेट गर्न लाग्नु भो भने त्यसको छेउँमै रिएक्टिभेट अप्सन आइहाल्छ । अचम्म छ फेसबुकको तपाइँलाई तान्ने काइदा । फेसबुक कम्प्युटरबाट चलाइरहनु भएको छ भने साइन आउट गर्ने वेलामा फेसबुकले मोवाइलमा लगइन गर्नुस् भन्छ । त्यति मात्र होइन यति तपाईले फेसबुक छोड्नै आँट्नु भो भने यसले विभिन्न तरिकाले तपाइँका डाटामाथि नियन्त्रण कायम राख्छ । खासमा यहाँ क्लिक गर्नुस् यसो गर्नुस् भनेर दिइने अप्सनभित्र यस्ता डाटा चोर्ने तरिका लुकेका हुन्छन् ।
facebook talks
फेसबुक तपाइँले नचलाए आवश्यक नै पर्दैनः
अहिले सामान्यतया फेसबुकविना त के गर्न सकिन्छ र जस्तो लाग्छ । तर यो फेसबुकले तपाइँले प्राप्त गरेको भन्दा गुमाउने कुरा बढाइदिएको छ । एक्लै भएको समयमा फेसबुकमा च्याट गरेर साथीहरुसँग रमाइलो गर्न सकिन्छ । मन परेका समाचार साइटका फिड लाइक गरेपछि फेसबुकमै आउँछन् । आगामी गतिविधीहरुबारे पनि फेसबुकले जानकारी दिन्छ । तर तपाइँले फेसबुकमा निर्भरता बढाउँदा पाउने कुरा भन्दा गुमाएका कुरा बढि छन् ।
सम्झिनुस् अघिल्लो दशकमा नै फेसबुक थिएन यो आएको धेरै भएको छैन । हाल सम्मका सबै सफल ब्यक्तिहरु फेसबुकविना नै सफल भएका थिए भन्दा पनि हुन्छ ।
एक पटक गहिरिएर सोंच्नुस् यी कुरा साँच्चिकै वास्तविक हो जस्तो लाग्छ भने फेसबुक चलाउन आजै देखिन छोडिदिनुस् ।
तपाइँलाई स्वतन्त्रताको शुभकामना !!!! Source: nepaliheadlines

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१