विहीबार ६७१ संक्रमित थपिए, कुल संक्रमितको संख्या ७८४८

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ असार २०७७, शुक्रबार ०५:०३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार नेपालमा थप ६७१ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयले विहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै कुल संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ ।

विहीबार संक्रमित हुनेमध्ये ८० जना महिला र ५९१ जना रहेका छन् । विहीबारसम्म ७४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

प्रवक्ता गौतमका अनुसार विहीबारसम्म १ हजार १८६ जना निको भएर घर फर्किएका छन् ।

Dish_Home
पछिल्लो २४ घण्टाभित्र २ जनाको मृत्यू भएसँगै कुल मृत्यू हुनेको संख्या २२ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार १ लाख ५५ हजार ५१८ पिसिआर र २ लाख ४३ हजार ७५ आरडिटी परीक्षण भएको छ । विहीबारसम्म १ लाख १६ हजार २१५ जना क्वारेन्टाइनमा रहेका छन् भने ६ हजार ६४८ आइसोलेसनमा रहेका छन् ।

बिहीबार प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोरोना संक्रमित भेटिएका छन् भने काठमाडौं उपत्यकामा थप ६ कोरोना संक्रमण देखिएको छ । बिहीवार मन्त्रालयले पुष्टि गरेका दुई मृतकमध्ये एक महिला र एक पुरुष छन् । उनीहरू कैलालीका हुन् ।

तीमध्ये ४६ वर्षीय पुरुषलाई जेठ ३१ गते नै सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालमा भर्ना भएका उनको असार ३ गते बेलुका मृत्यु भएको डा. गौतमले बताए ।

त्यसैगरी जेठ ३१ गते टाउकोमा चोट लागी अस्पताल भर्ना भएकी ४३ वर्षीया महिलाको शल्यक्रिया गर्नुअघि असार २ गते परीक्षण गर्न नमुना सङ्कलन गरिएको थियो । तर उनको निधन भएपछि आएको परीक्षणमा उनमा पनि कोरोनाभाइरस देखिएको प्रवक्ता गौतमले जानकारी दिए ।

मनाङमा पनि सङ्क्रमित भेटिएपछि ७७ मध्ये ७४ जिल्लामा कोरोना पुगेको पुष्टि भएको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५,७४६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१