क्वारेन्टिनमै आत्महत्या गरेका ४५ वर्षे पुरुषमा पनि कोरोना पुष्टि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ असार २०७७, बिहीबार ०५:००

अर्घाखाँची। अर्घाखाचीमा क्वारेन्टाइन मै आत्महत्या गरेका एक पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाका प्रमुख डाक्टर राजेन्द्र गिरीका अनुसार अर्घाखाँचीमा क्वारेन्टाइनमा आत्महत्या गरेका ४५ वर्षीय पुरुषको जिरोमा परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

डा गिरीका अनुसार उनको पीसीआर विधिबाट गरिएको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको हो । अर्घाखाँचीका सितगंगा नगरपालिका वडा नम्बर ५ का ४५ वर्षका ती पुरुषले हिजो राति क्वारेन्टाइन नजिकै आत्महत्या गरेको नगरप्रमुख सूर्य प्रसाद अधिकारीले खबरहबलाइ बताए ।

नगरप्रमुख अधिकारका अनुसार ती पुरुष गर जेठ १० गते भारतबाट नेपाल आएका थिए ।

उनलाई स्थानीय क्वारेन्टाइनमा राखिएको १४ दिनपछि आरडीटी विधिबाट गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो ।

आरडीटी विधिबाट रिपोर्ट पोजेटिभ आएपछि उनको स्वाब संकलन गरी जेठ २५ गते प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको थियो ।

उनको आज रिपोर्ट पोजेटिभ आएको हो । शितगंगा नगरपालिकाका नगरप्रमुख अधिकारका अनुसार ती पुरुषको शव सेनाद्वारा अन्तेष्टि गरिसकिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१