बुटवलस्थि लुम्बिनी अञ्चल अस्पतालको जग्गा गायब !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० भाद्र २०७१, सोमबार १०:०७

रुपन्देही ,३० भाद्र  । बुटवलस्थि त लुम्बिनी अञ्चल अस्पतालको झन्डै दुई बिघा जग्गा हराएको छ । यो जग्गा खोजिदिन अस्पतालले पटक पटक रुपन्देही जिल्ला मालपोत कार्यालय र स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए पनि काम भएको छैन ।

अस्पतालका सुचना अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार रुपन्देही जिल्ला मालपोत कार्यालयले ०५१ सालमा अस्पताललाई कुल ८ बिघा ४ कठ्ठा ९ धुर जग्गा धनी पुर्जा दिएको थियो । ०५२ सालपछि अस्पतालको जग्गा फेरि नापनक्सा गरी मालपोतले ६ बिघा ७ कठ्ठा १६ धुरको मात्र धनि पुर्जा दिएको थियो । अस्पतालको जग्गा खोजीनीति र संरक्षण गर्ने क्रममा ०६८ सालमा अस्पताल प्रशासनले फेरि नापनक्सा गराई हराएको जग्गा खोजिदिन मालपोतलाई ध्यानाकर्षण गराएको थियो । मालपोतले बेवास्ता गरेपछि केही दिनअघि अस्पतालले मालपोतलाई फेरि पत्र लेखी ध्यानाकर्षण गराएको छ । मालपोतले अस्पतालको ०५१ सालको धनी पुर्जाबमोजिम जग्गा खोजी गर्न तयार रहेको बताए पनि काम नभएको सूचना अधिकृत रेग्मीले बताए । आजको अन्नपूर्ण पोस्ट्मा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, पुस ११, २०८१