गोंगबुबाट ४ महिलासहित १२ जुवाडे पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ असार २०७७, बुधबार ०५:२८

काठमाडौं। प्रहरीले गोंगबु गणेशस्थानस्थित एक जुवाअखडाबाट १२ जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८ पुरुष र ४ महिला छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार साँझ छापामारी उनीहरुलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसरका प्रवक्ता राजकुमार केसीले जुवा अखडामा छापा मारी उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी बृत्त महाराजगंजमा राखिएको छ ।

जुवाखालबाट प्रहरीले २ लाख ७१ हजार रुपैयाँ बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१