विभिन्न जिल्लामा थप ३८० जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ६,५९१ पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ असार २०७७, बुधबार ०५:१५

काठमाडौं । विभिन्न जिल्लामा थप ३ सय ८० जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घन्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा नयाँ ३ सय ८० सहित देशैभर कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको जानकारी दिए ।

पछिल्लो २४ घन्टामा १ सय १७ जना उपचारपछि घर फर्किएका छन् ।

गौतमका अनुसार महोत्तरीमा ८९ जना, दाङका ५६, रौतहटका ५२ जना, कैलालीका २३, बैतडीका २१, डोटी २०, धनुषा २१ सर्लाही १६, कञ्चनपुर ११ र गोरखाका १० जनामा संक्रमण भएको छ ।

यस्तै, अर्घाखाँची ९ जना, बर्दियाका पनि ९ जना, दैलेखका ५, रुपन्देहीका ४ जना, स्याङ्जाका ४ जना र सुर्खेतका ४ जना, नवलपुर ३, कास्की ३, र सप्तरीका ३ जना, सुनसरी, सिरहा, पर्सा, तनहुँका २-२ जना तथा काठमाडौं, झापा, मोरङ, बाँके, पाँचथर, रोल्पा, बाग्लुङ, रामेछाप, सल्यान, अछामका १-१ जनामा संक्रमण भएको गौतमले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१