रुकुम घटनाका आरोपी दुई जनालाई पुर्पक्षका लागि बालसुधारगृह पठाउन आदेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ असार २०७७, मंगलवार ०५:२५

काठमाडौं। गत जेठ १० गतेको सोती घटनामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुतको कसुरमा मुद्दा लागेका दुई नाबालकलाई बालसुधारगृहमा पठाउन रुकुम अदालतले आदेश दिएको छ ।

सोमबार भएको प्रतिवादीको बयान र थुनछेक बहसपछि जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले दुई बालबालिकालाई मुद्दा पुर्पक्षका लागि बालसुधार गृहमा पठाउन भनेको छ ।

बालबालिकासम्बन्धी ऐन २०५५ को दफा २४ (२) बमोजिम दुवै प्रतिवादीलाई मुद्दा पुर्पक्षका लागि नजीकको बालसुधारगृहमा पठाउन आदेश भएको रुकुम अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१