रसाइली हत्या आरोपमा चार पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ असार २०७७, मंगलवार ०५:२०

कास्की। गत आइतबार मृतावस्थामा फेला परेका २० वर्षीय अमित रसाइलीको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

कास्की प्रहरीले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको हो ।

प्रहरी प्रमुख दानबहादुर कार्कीले घटनाको प्रारम्भिक अनुसन्धानबाट अमितकै साथीबाटै उनको हत्या भएको जानकारी दिए ।

पक्राउ पर्नेमा सुनम गुरुङ, शंकर सुनार, मनीष श्रेष्ठ र कृष्ण सुनार छन् । प्रहरी उपरीक्षक कार्कीका अनुसार गत जेठ ३१ गते पोखरा –२९ पट्नेरीका युवाले नयाँ बाइक किनेको खुशीयालीमा खानपिनमा रमाउँदै गर्दा मदिराले लट्ठ परेका रसाइलीमाथि साथीहरुले नै हेल्मेट र ढुङ्गा प्रहार गरेपछि मृत्यु भएको अनुसन्धानबाट खुलेको छ ।

कास्की प्रहरीको टोलीले खोजतलास गर्नेक्रममा आइतबार बिहान ७ बजे पोखरा –३२ रातोपैरास्थित सेती खोंचमा शव फेला पारेको थियो ।

अभियुक्तलाई म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइने प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१