सुदूरपश्चिम प्रदेशले ल्यायो ३३ अर्ब ३८ करोडको बजेट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ असार २०७७, मंगलवार ०५:१७

काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ३८ करोडको बजेट ल्याएको छ ।

सोमबार आर्थिक मामिला तथा योजनामन्त्री झपट बहादुर बोहराले प्रदेशसभामा ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार बजेट प्रस्तुत गरेका हुन् ।

अगामी आर्थिक वर्षको कुल विनियोजन मध्ये चालू तर्फ १४ अर्ब १८ करोड ७८ लाख ६० हजार र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार रहेको छ।

अन्तर सरकारी वित्तीय व्यवस्थापन तर्फ २ अर्ब १३ करोड ५० लाख अर्थात् ६.४ प्रतिशत तथा वित्तीय व्यवस्थापन तर्फ ३० करोड अर्थात ०.९ प्रतिशत रहेको छ ।

प्रदेश सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखेर स्वास्थ्य क्षेत्र सुधारका साथै कृषि, सडक, खानेपानी, सिँचाई, ऊर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको मन्त्री बोहराले जाानकारी दिए । उनले पर्यटन शुल्कलाई मिनाहा गर्ने पनि बताए ।

विकास आयोजनालाई पनि निरन्तरता दिने गरी बजेट ल्याएको बोहराले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१