असार २१ गतेसम्म आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानमा रोक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ असार २०७७, सोमबार ०५:१९

काठमाडौं। सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई असार २१ गते राति ११:५९ सम्मलाई रोक लगाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले असार २१ सम्म आन्तरिक एवं बाह्य हवाई उडानमा रोक लगाउने निर्णय गरिएको जानकारी दिएका हुन्।

व्यावसायिक उडानमा रोक लगाइए पनि सरकारले विशेष अनुमतिबाट उद्धार उडान गर्न/गराउन चार्टर उडान अनुमति भने दिँदै आएको छ ।

उनका अनुसार, जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।

यसअघि सरकारले आज (जेठ ३२ गते) सम्मलाई आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा रोक लगाएको थियो ।

नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात महाशाखाका प्रमुख सचितभक्त पोखरेलले आइतबार सबै आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि जरुरी सूचना जारी गर्दै ‘सरकारको निर्णयअनुसार, व्यावसायिक यात्रु उडानलाई मात्र असार २१ गते राति ११:५९ बजेसम्मका लागि रोक लगाइएको’ जनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१