तीनजना स्वंयमसेवकबाट कैलालीमा क्वारेन्टाइनमा बसेकी महिला बलात्कार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ असार २०७७, सोमबार ०५:१०

महेन्द्रनगर । कैलालीको क्वारेन्टाइनमा बसेकी एक महिला क्वारेन्टाइनकै स्वंयमसेवकबाट बलात्कारमा परेकी छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–१ स्थित सहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेकी ३१ वर्षीया महिलामाथि बलात्कार भएको लम्कीचुहा नगरपालिकाकी उपप्रमुख टिका थापाले जानकारी दिइन् ।

क्वारेन्टाइनमा स्वयमसेवकको रुपमा खटिएका तीनजनाले ती महिलालाई बलात्कार गरेको उनले जानकारी दिइन् । उनले भनिन् ‘अहिले घटनास्थलमा स्थानीय आन्दोलनमा उत्रिएका छन् । वास्तविक कुरा के हो म पनि बुझदै छु । तीनजना स्वंयमसेवकले बलात्कार गरेको कुरा आएको छ ।’

पीडित महिलाले क्वारेन्टाइनमा खटिएका तीनजना स्वंयमसेवकको रुपमा राखिएका व्यक्तिले आफूमाथि बलात्कार गरेको बताएकी छन् । प्रहरीले आरोपी तीनजनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया