आजदेखि दुई पाङ्ग्रे सवारीमा पनि जोर-बिजोर लागू

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ असार २०७७, सोमबार ०५:०७

काठमाडौं । गृह मन्त्रालयको निर्देशनपछि आज देखि देशभर दुई पाङ्ग्रे सवारी साधनमा पनि जोरबिजोर लागू हुने भएको छ । गृह मन्त्रालयले सबै निजी सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले मन्त्रिपरिषद्को निर्णयलाई थप प्रष्ट पार्दै मोटरसाइकलमा पनि सोमबारदेखि जोर-बिजोर प्रणाली लागू हुनेगरी मातहतका निकायमा परिपत्र गरिएको बताए ।

आजदेखि ४ पाङ्ग्रे र २ पाङ्ग्रे सवारी साधन सबैमा जोर-बिजोर प्रणाली लागू हुने भएको छ । मोटरसाइकल र स्कुटरमा एकजना मात्र बस्ने नियम पनि परिवर्तन नहुने भएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सोमबारदेखि सबै प्रकारका निजी सावारीमा जोर-बिजोर प्रणाली लागू हुने जानकारी दिएका छन् ।

जोर-बिजोर प्रणाली अनुसार जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन हुने छन्। यस्तै ट्राफिक प्रहरीले पनि भोलीदेखि जोर-बिजोर प्रणाली लागू गराउन गृहमन्त्रालयले निर्देशन गरेको जनाएको छ।

सरकारले काठमाडौं उपत्यका प्रवेश र बाहिरनका लागि पनि आजदेखि विशेष पासको व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१