संक्रमण संगै आर्थिक गतिविधि संचालन गर्न नसके ठुलो आर्थिक क्षति हुन सक्ने – कांग्रेस नेता डा.रामशरण महत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ जेष्ठ २०७७, आईतवार ०५:४६
नुवाकोट ।   कोभिड १९ कोरोना भाईरसको संकट संग सगै ठुलो आर्थिक संकट शुरु भएको यसको समयमानै व्यवस्थापन गर्न नसके मुलुकले ठुलो आर्थिक संकटको सामना गर्नु पर्ने कुरा कांग्रेस नेता डा.रामशरण महतले वताऊनु भयो । सामाजिक दुरि कायम गरि आर्थिक गतिबिधिलाइ अघि बढाउनु पर्ने आजको आवस्यकता रहेको पूर्व अर्थमन्त्री डा.महतको भनाई छ।
नुवाकोटको स्थानिय तहहहरुलाई स्वास्थ्य सामाग्री प्रदान गर्न जिल्ला आउनुभएको डाक्टर महतले कोरोना भाइरसको कारण बैदेशिक रोजगारमा गएकाहरु आफ्नो देश आउने क्रम जारी रहेकोले उनीहरुलाइ स्वदेशमा नै रोजगारीको अबसर दिनु आबस्यक रहेको बताउनु भयो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि सरकारले गएको चैत्र ११ गतेदेखी लकडाउन गरे सँगै आफ्नो व्यवसाय संचालन गर्न व्यवसायीले नपाएकोले सजकताको साथ संचालन गर्न सरकारले बाटो खोलिदिनु पर्ने डाक्टर महतको भनाइ छ ।
नेपालको मुख्य आय श्रोत रेमिटेन्स भएता पनि कोरोनाको कारण प्रभाब पर्न सक्ने देखिएकोले सरकारको ढुकुटी रित्तिदै गएको समेत वताऊदै ग्रामीण भेगमा आर्थिक क्रान्ती गर्ने बाटोहरु छन् तर आर्थिक गतिबिधी कम भएको बताउनुहुदै उहाले प्रत्येक नागरिकलाइ आत्मनिर्भर बनाउन सकिने कार्यबिधी बनाएर कार्यन्वयन गर्नु आवस्यक रहेको समेत बताउनुभएको छ । विदेशी मुद्रा कसरी भित्राउने त्यसमा ध्यान दिन आवश्यक रहेको डाक्टर महतले बताउनुभएको भयो ।
नेता महतले कोराना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि जोखिम मोलेर काम गरिरहेका स्वास्थ्य कर्मीहरुलाइ आवस्यक स्वास्थ्य सामाग्री जिल्लाको १२ वटै स्थानिय तह मार्फत पुराउने गरि बितरण गर्नुभएको छ । स्वास्थ सामाग्रीहरुमा थर्मल गन, माक्स, स्यानिटाइजर, फेस वास, सर्जिकल ग्लोप्स लगायतका सामाग्रीहरु समाबेश रहेको छ । जिल्लाको क्षेत्र नम्वर १ अन्तर्गतको स्थानिय तहको शुक्रवार र क्षेत्र नम्बर २ अन्तर्गतको स्थानिय तहको शनिवार कोरोना भाइरसको सवालमा भैरहेको गतिबिधिको बारेमा जानकारी लिदै डाक्टर महतले जुन स्थानिय तहमा भार बढी छ त्यहा बिशेष ध्यान दिन जिल्ला समन्वय समिति, प्रशासन कार्यलय, प्रहरी कार्यलय, स्वास्थ कार्यलय, लगायतलाइ आग्रह गर्नुभएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तमाङ, उपप्रमुख अप्सरा थापा, तारेकश्वर गाउँपालिकाका प्रमुख रमेश वस्ती, किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामा, म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तमाङ, स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरे, त्रिशूली अस्पतालका प्रमुख डाक्टर रेमकुमार राई, ने.का.जिल्ला सचिव सुरेन्द्र राज अधिकारी,नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की र नेपाल ट्रेड युनियन काँगेस नुवाकोटका अध्यक्ष शिव देबकोटाले कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा भईरहेका प्रयास, समस्या र चुनौतीहरुका बारेमा आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रममा महासमिति सदस्य रमेश कुमार महत, नेकां पार्टि प्रवक्ता राजु थापा, जिल्ला सदस्य सुनमाया तमांग, जि,पि,फ़ाऊण्डेशन जिल्ला अध्यक्ष रमेशकुमार पाठक, नेकां सम्म्पर्क समितिका संयोजक प्रदीप कुमार सेढाई,श्याम ढुंगाना,शुशिल खड्का,नेका नगर सभापति नेत्र ढकाल,गोकुल प्रसाद दहाल,तरुणदल अध्यक्ष सिहराज तमांग,सचिव सुन्न गिरी,नेविसंघ क्षेत्रिय अध्यक्ष कृष्ण मिश्र लगायतको उपस्थिति थियो । यसैगरी शनिवारनै काँग्रेस नेता डाक्टर महतले ककनी गाउँपालिका र त्यहाँ क्रियाशिल सिर्जनशील युवा क्लवलाई रानिपौवामा आयोजित एक कार्यक्रमका बिच स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउनुभएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१