सहयाेगी हातहरू थपिदै, इलामका अध्यापकले पनि २०१ मजदुरलाई खाना खुवाए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ जेष्ठ २०७७, शनिबार ०५:२०

काठमाडौं।  कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनसँगै रोजगारी गुम्न पुगि सडकको बास भएका मजदुरहरुलाई खाना खुवाउने प्रदिप घिमिरेको अभियानमा सहयोगिहरु थपिदै आएका छन् ।
यसैक्रममा शुक्रबार इलामा जिल्ला रोङ्ग गाउँपालिका–३ मार्सेका अध्यापक डिपी कट्टेल, कट्टेलकी श्रीमति गीता पाठक कट्टेल र उनका छोरा युनिस कट्टेलको तर्फबाट २ सय १ जनालाई खाना खुवाएका छन् ।
विगत ९ वर्षदेखि करफोक माध्यामिक विद्यालय तथा बहुमुखि क्याम्पसमा कार्यरत एकाउन्ट विषयका शिक्षक कट्टेलका परिवारले शुक्रबारको खाना खुवाएका हुन् ।
गत चैत्र २९ गतेदेखि ती सडक मजदुरहरुलाई दैनिक एकछाक खाना खुवाउँदै आएका रामेछापका प्रदिप घिमिरे मार्फत कट्टेलका परिवारले २ सय १ मजदुरलाई खाना खुवाउन लाग्ने सम्पूर्ण खर्च सहयोग गरेका हुन् ।
सडक मजदुरलाई खाना खुवाउन सहयोग गरि कोरानाभाइसरको कारण मजदुरी खोसिएर भोकै पर्नुभएका मजदुरहरुलाई खाना खुवाउने अभियानमा सहयोग गरेकामा कट्टेल परिवारप्रति युवा समाजसेवि घिमिरले हार्दिक कृतज्ञता प्रकट गरे ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले लकडाउन घोषणा गरेसँगै रोजगारी गुमेपछि सडक पेटी, मठमन्दीर तथा पुलको साहरा लिएर बसेका सडक मजदुरहरूको लागि २०७६ साल चैत्र १६ देखि राहत र २०७६ साल चैत्र २९ गतेदेखि दैनिक खाना खुवाउदै आएका रामेछापको मन्थली नगरपालिका–४ सालुका प्रदिप घिमिरे नेतृत्वको टोलीले राहत वितरण गरेको ७६ दिन तथा खाना खुवाएको ६३ दिन भइसकेको छ

सहयोग गर्न चाहनेहरुका लागि
प्रदिप घिमिरे
सम्पर्कः ९८४११४१४६८
फेसबुक: https://www.facebook.com/amulya.ghimire
इमेलः pradipghimire2010@gmail.com

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१