पछिल्लो २४ घन्टामा थप २५० जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ४,६१४ पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० जेष्ठ २०७७, शुक्रबार ०५:०९

काठमाडौं । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थप २ सय ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा थप २ सय ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ संक्रमितसहित देशभर संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको जानकारी दिए ।

पछिल्लो २४ घन्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ८ सय ६१ जना उपचारपछि घर फर्किएका छन् भने १५ जनाको ज्यान गएको छ ।

पछिल्लो २ सय ५० जनामा विराटनगरमा भएको परीक्षणमा सुनसरीका ३ जना, नारायणी अस्पतालमा भएको परीक्षणमा रौतहटका ३ जना, हेटौडामा भएको परीक्षणमा बाराका ७ जना र धादिङका ७ जनामा संक्रमण देखिएको छ ।

यस्तै जनकपुरमा भएको परीक्षणमा सर्लाहीका २ जना, रौतहटका १५ र महोत्तरीको ४ जनामा संक्रमण देखिएको छ। यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सप्तरीका ९ जना, कोसी अस्पतालमा भएको परीक्षणमा झापाका ३ जना, राप्ती अस्पतालमा भएको परीक्षणमा दाङका ८ जना, भेरी अस्पतालमा भएको परीक्षणमा रोल्पाका १४ जना र बाँकेका १३ जनामा संक्रमण पोजेटिभ देखिएको गौतमले बताए ।

यस्तै सुर्खेतमा भएको परीक्षणमा दैलेखका ४८ जना, सुर्खेतका ४ जना, रुपन्देहीमा भएको परीक्षणमा कपिलवस्तुका १ जना, प्युठानका ७ र रुपन्देहीका २९ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै सेती अस्पतालमा भएको परीक्षणमा कैलालीका ७, बाजुरा १८ जना र बझाङका २ तथा धुलिखेल अस्पतालमा भएको परीक्षणमा पश्चिम नवलपरासीका ६ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा कपिलवस्तुका १ र रौतहटका ३९ जनामा कोरोना पोजेटिभ देखिएको गौतमले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१