काठमाडौं । सरकारले प्रस्ताव गरेको संविधान संशोधन विधेयक खारेज गर्न सांसद सरिता गिरीले दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिन उनी आवद्ध पार्टी जनता समाजवादी पार्टीले निर्देशन दिएको छ । फिर्ता नलिए कारवाही गर्ने पार्टीले चेतावनी समेत दिएको छ ।
सांसद गिरीले बुधबार सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समेटेर बनेको नेपालको नयाँ नक्सा अनुसारको निशान छाप बनाउने संसदमा दर्ता गराएको विधेयक खारेजीको माग गर्दै सांसद गिरीले बुधबार सिंहदरबार पुगेर प्रस्ताव दर्ता गरेकी हुन् ।
उक्त संशोधनमाथि गिरीले संशोधन प्रस्ताव गर्दै दफा २ हटाउनुपर्ने प्रस्ताव राखेकी हुन् । गिरीले लिम्पियाधुरा र लिपुलेक लगायतका भूभाग नेपालको भएको भन्ने प्रमाण नभएको बताउँदै आएकी छिन् ।
प्रतिक्रिया