काठमाडौं।यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई)को नियमित परीक्षा नहुने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यस वर्ष एसईई नगर्ने विषयको प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए ।
गत चैत ६ गतेबाट तय भएको कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गते स्थगित भएको थियो ।
प्रतिक्रिया