युवा व्यवस्थापन गरेर उत्पादन केन्द्रित हुनु अबको एक मात्र विकल्प :अरुणराज सुमार्गी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ जेष्ठ २०७७, बुधबार १६:२६

यतिखेर विश्वभर कोभिड १९ महामारीको जगजगी छ। यो कसरी टुङ्गिने हो भनी अहिले नै यकिन अनुमान गर्न सकिँदैन। तर समापनपश्चात् यस महामारीका कारण नेपालले ब्यहोर्ने आर्थिकरसामाजिक घाटा निकै फराकिलो हुने अहिलेसम्मको क्षतिबाट अनुमान गर्न सकिन्छ। त्यसैले कोभिडको चढ्दोबढ्दो आतङ्क सकिएपछिका लागि परिपूरक हुनेगरी अहिले नै नीतिनिर्माण गर्नु जरुरी छ। यसो हुन सकेन भने हाम्रो आर्थिक अवस्था, राजनीतिक संरचना र जनताको जीवनस्तर बीचको खाडल अझ बढ्दै जाने अवस्था आउन सक्छ। यसले हामीलाई थप कमजोर बनाउनेछ। कोभिड १९ रोकथामका लागि गरिएको बन्दाबन्दीको कारण हाम्रो उत्पादन र बजारीकरणकरणको चक्रमा समस्या सिर्जना भएको छ। नेपालमा अब वैदेशिक रोजगारीबाट फर्कने नागरिकको व्यवस्थापन गर्नु ठूलो चुनौती बन्ने निश्चितप्राय छ।

वैदेशिक रोजगारीबाट नेपालमा फर्किएका ती युवाहरुलाई हामीले कसरी व्यवस्थापन गर्न सक्छौं भन्ने चुनौती ठूलो चुनौतीको रुपमा देखा पर्दैछ। विदेशमा रहँदा कुनै कार्यमा राम्रो दक्षता विकास गरेर कामलाई उत्पादनशिल बनाई राम्रो रेमिट्यान्स नेपालमा पठाउँदै आएका युवाहरुलाई तत्काल काममा लगाउन सक्ने गरी त्यस किसिमको पूर्वाधार हामीसँग छैन। विदेशमा रहेका युवाहरु नेपाल आएपश्चात् तत्काल उनीहरुको क्षमता बमोजिमको रोजगारी सृजनाको लागि पूर्वाधार र प्रविधि विकास गर्न सकिने अवस्था पनि छैन। यसकारण ती युवाहरुको व्यवस्थापन नेपालको लागि ठूलो चुनौती हुने निश्चित छ।

अलमलमा सरकार र व्यवसायी

निजी क्षेत्रलाई परिरहेका, पर्ने र पर्न सक्ने असरहरु कस्ता हुन सक्छन् भन्ने सम्बन्धमा नेपाल सरकार अझै पनि अन्यौलमा नै छ। सरकार अन्यौलमा छ भन्ने कुरामा धेरैको सहमति हुनेमा शंका छैन। यससँगै निजी क्षेत्र पनि उस्तै अन्यौलमा रहेको स्विकार्न धेरैलाई कठिन होला तर तथ्य सत्य यहि हो। निजी क्षेत्र अहिलेसम्म कर्मचारीको सेवासुविधाको व्यवस्थापन वा कटौती, कर्मचारीको व्यवस्थापन, घरभाडा व्यवस्थापन, कर छुट लगायतका कुरामा नै बढी केन्द्रित छ। यस्ता विषयलाई भन्दा उत्पादनमा जसरी जानु पर्ने हो त्यसरी जान सकेको छैन।

उत्पादनमा केन्द्रित हुनु आबश्यक

जबसम्म हामी उत्पादनमा जान सक्दैनौं र हाम्रा उत्पादनहरु बजारमा पठाउन सक्दैनौं। हामी सफल हुन सक्दैनौं। हारगुहार गर्ने सहायता अनुदान सहयोगमा मात्रै केन्द्रित भएर उत्पादनमा केन्द्रित हुन सकेनौं भनेत्यसले हामीलाई अर्को ठूलो समस्या सृजना गर्न सक्छ। यस्तो कुरालाई विचार गर्दै नेपालमा उत्पादित कुन कुन वस्तुमा हामी आत्मनिर्भर छौं। कस्तो प्रकृतिका कति परिमाणका वस्तुहरुमा हामी परनिर्भर छौं भन्ने सम्बन्धमा एक किसिमको अध्ययन हुनु जरुरी छ। अब सोही तथ्यांकको आधारमा नीति केन्द्रित गरेर हामी उत्पादन बिस्तार र सुदृढिकरणमा अघी बढ्नु जरुरी छ।

युवा व्यवस्थापनको कुरा

नेपालबाट वैदेशिक रोजगारीमा गएकाहरु मध्ये करिब ५० प्रतिशत युवाहरु मात्र फर्किए भने त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारे खोइ त सरकारले सोचेको ?   सरकारले सोचेको छ भने त्यसको लागि कस्ता योजनाहरु बनाइरहेको छ त ? सरकार आफैंले रोजगारी सृजना गर्ने क्षेत्रहरु कुन कुन हुन्रु कति क्षमतामा त्यसरी रोजगारी सृजना गर्न सकिन्छ ?  व्यावसायिक क्षेत्रहरुमा संलग्न घरानाहरुमा ती युवाहरुलाई संलग्न गराउनको लागि कसरी सहकार्य र समन्वय गर्नु जरुरी रहन्छ रु जस्ता विषयमा अहिले नै योजनाबद्ध रुपमा नसोचे नेपालमा वेराजगगारी दर बढेसँगै अवस्था थप भयावह हुँदै जाने निश्चित छ।

स्वविवेकले स्वरोजगार बन्न चाहने युवाहरुको सङ्ख्या निकै कम हुनेछ। ठूलो सङ्ख्याका युवाहरुको जमात उत्पादनमूलक कार्यमा नलागि बाहिरबाटै हुटिङ मात्रै गर्ने किसिमका पनि हुन सक्छन्। यसले मुलुकमा कतै ठूलो द्वन्द्व निम्त्याउने सम्भावनालाई अहिले नै सोचेर योजना बनाउनु सरकार, उद्यमी र मुलुकको सुदुर भबिष्यका लागि हितकर हुन सक्छ। यस अर्थमा युवा व्यवस्थापन र औद्योगिकरणले मात्र राष्ट्रको भबिष्य पनि सुनिश्चित गर्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१