स्वास्थ्य मन्त्रालयले २ अर्ब ९२ करोड खर्च गर्यो, पिसिआर परीक्षण धेरै गर्न सक्दैनौँ : स्वास्थ्यमन्त्री ढकाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ जेष्ठ २०७७, मंगलवार ०५:१०

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना महामारी नियन्त्रणका लागि आफ्नो मन्त्रालयले मात्रै २ अर्ब ९२ करोड ५५ लाख ७९ हजार रुपैयाँ खर्च गरेको बताएका छन् । सांसदहरुले १० अर्ब रुपैयाँको खर्चको कुरा उठाएपछि मन्त्री ढकालले आफ्नो मन्त्रालयले खर्चका विभिन्न सूची प्रस्तुत गरेका थिए ।

प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयले हालसम्म २ अर्ब ९२ करोड ५५ लाख ७९ हजार रुपैयाँ खर्च गरेको जानकारी दिए ।

त्यस्तै क्वारेन्टाइन व्यवस्थापनका लागि २ अर्ब ७६ करोड रुपैयाँ ६ सय ४१ स्थानीय तहमा खर्च भएको, १ अर्ब ८ करोड रुपैयाँ प्रदेश सरकारले गरेको र बाँकी ६ अर्ब ३ करोड रुपैयाँ केन्द्र सरकारले खर्च गरेको मन्त्री ढकालको भनाइ छ ।

पिसिआर परीक्षणको विषयमा उठेका विभिन्न प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले अहिले पिसिआर परीक्षणको दर बढाउन नसक्ने आफूहरुको बाध्यता रहेको बताए । उनले आवश्यकता अनुसार परीक्षण गर्ने क्षमता नभएकाले असार १५ पछि मा दैनिक १० हजार स्वाब परीक्षण गर्ने तयारी गरिएको जानकारी दिए ।

अहिले नेपालमा ४ हजार ७ सय क्षमतामा मात्र पिसिआर परीक्षण हुने उनको भनाइ छ । मन्त्री ढकालले पिसिआर परीक्षणमा नेपाल एसियामै राम्रो अवस्थामा रहेको दावी पनि गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१