स्वास्थ्यकर्मीको नक्कली कार्ड बोकेर लागुऔषध ओसारपसार गर्ने पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ जेष्ठ २०७७, मंगलवार ०५:०६

सप्तरी। स्वास्थ्यकर्मीको नक्कली कार्ड बोकेर लागुऔषध ओसारपसार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ल्याब असिस्टेन्टको नक्कली परिचयपत्र बोकेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका २२ वर्षीय अनीलकुमार मण्डललाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

स्वास्थ्यकर्मी लेखिएको बा. ६७ प ४८५३ नम्बरको मोटरसाइकलमा जाँदै गरेका उनलाई चामलको बोरामा लागूऔषधसहित पक्राउ गरिएको प्रहरी निरीक्षक सन्तोषकुमार खड्काले बताए ।

चेकजाँच गर्दा मण्डललाई सप्तरीको बिष्णुपुर गाउँपालिका १ खुरहुरियाबाट पक्राउ गरिएको उनले बताए ।

चामलको बोराभित्र स्पास्मो प्रोक्सिभन प्लस ३ हजार १ सय ६८ क्याप्सुल र एक सय मिलिलिटरको २८ बोतल डाइलेक्स डिसी बराममद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१