डीभी चिठ्ठाको नतिजा सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ जेष्ठ २०७७, आईतवार ०५:१०

काठमाडौं- अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२१ को नतिजा सार्वजनिक भएको छ ।

अमेरिकी दूतावासका अनुसार डीभी २०२१ को नतिजा सार्वजनिक भएको हो । शनिबार अमेरिकी दूतावासले आफ्नो फेसबुक पेजमा डीभी २०२१ को नतिजा शनिवार सार्वजनिक हुने बारे जानकारी दिएको थियो ।दूतावसले डीभी परेको अथवा आवेदन सफल भयो भन्ने व्यहोराका कुनै पनि ईमेल वा अन्य म्यासेज नदिने समेत जानकारी दिएको छ ।

डिभी पर्‍यो या परेन भन्ने थाहा पाउनको लागि  dvprogram.state.gov मा गएर आवेदन दिंदाको कन्फर्मेसन नम्बर राखेर हेर्न सकिने जनाइएको छ ।

कन्फर्मेसन नम्बर भुलेको वा हराएको भए पनि “Forgot Confirmation Number” मा क्लिक गरेर सो नम्बर तुरुन्तै प्राप्त गर्न सकिने जनाइएको छ ।

डीभीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१