कोरोना भाइरसको संक्रमण मृत्यु हुनेको संख्या १३ पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ जेष्ठ २०७७, आईतवार ०४:५९

मृतकको संख्या १३ पुग्योनेपालमा थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष र सेती प्रादेशिकअस्पतालमा उपचाररत ५५ वर्षीया एक महिलाको कोरोनाका कारण मृत्यु भएको प्रवक्ता देवकोटाले जानकारी दिए । योसँगै मृतकको संख्या १३ पुगेको छ ।

डोल्पाका पुरुष दमको रोगी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले जानकारी दिए । उनको २१ जेठमा मृत्यु भएको थियो । त्यसैगरी धनगढीकी महिला सेती अस्पतालमा २३ जेठमा डायलाइसिस गराउन आएकी र उनको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता देवकोटाले जानकारी दिए । उनको मृत्युपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको देवकोटाले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१