सुत्नुअघि पाइतालाको मालिश गर्दा भरपूर फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ जेष्ठ २०७७, बुधबार ०५:३४

एजेन्सी : मानिसहरू अनुहारको स्याहार त खुबै गर्छन् तर गोडालाई खासै वास्ता गर्दैनन् । दिनभरि हामी जसको सहारामा उभिन्छौं, ती गोडाहरूलाई हामीले हेरचाह गर्नु जरूरी छ ।

हाम्रा पाइतालामा शरीरका धेरै भागहरूसम्म पुग्ने विन्दुहरू छन् । यी विन्दुमा राति मालिश गर्दा शरीरलाई धेरै स्वास्थ्यलाभ हुन्छ । यहाँ हामी राति मालिश गर्दा के के फाइदा हुन्छन् भनी बताउँछौं ।

मेटाबोलिजम :- सुत्नुअघि पाइतालामा मज्जाले १५ मिनेट मालिश गर्नुभएमा शरीरको मेटाबोलिजम ठीक रहन्छ ।

तौल घटाउन :- आजकल तौल बढेर धेरै मानिसहरू समस्यामा पर्ने गरेका छन् । राति पाइतालमा मसाज गर्दा तौल घट्छ अनि बोसो पनि कम हुन्छ ।

तनाव घटाउन :- दिनभरि कामको बोझले थकान र तनाव आउन सक्छ । यसबाट बच्नका लागि पाइतालाको मालिश गर्नुस् । शरीरले आराम अनुभव गर्छ र राम्रो निद्रा लाग्छ ।

रक्तचाप नियन्त्रण :- उच्च रक्तचापको समस्या भएकाहरूका लागि मालिश वरदान नै हो । राति सुत्नुअघि नरिवल वा बदामको तेलले पाइतालाको मालिश गर्नुस् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, मंसिर १३, २०८१