लकडाउन उल्लङ्घन गर्ने एकै दिन हजार बढी सवारी नियन्त्रणमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ जेष्ठ २०७७, बुधबार ०५:१५

काठमाडौं । सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गरेर तपाईं विना काम सवारी चलाईरहनु भएको छ भने तपाईंको सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिनेछ । आम नागरिकहरूको अत्यावश्यक सेवा र कामलाई थप सहजीकरण गर्दै एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाकाहरू, मुख्य सडकहरु तथा भित्री सडकहरूमा ट्राफिक प्रहरीले चेकजाँचमा थप कडाई गरेको छ । लकडाउन खुकुलो भन्ने गलत कुराको पछाडी नलाग्न महाशाखाले जनाएको छ ।

आज मात्रै काठमाडौं उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने १५८४ वटा २ पाङ्ग्रे र २२२ वटा पाङ्ग्रे गरी जम्मा १,८०६ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले दिए । उनले भने,‘आज विहान ६ बजे देखि वेलुका ६ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो ।’

कोरोना भाईरसको रोकथाम तथा संक्रमण रोक्नको लागि नेपाल सरकारले लकडाउन गरेको हो, लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि हो, यसको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउन पनि ढकालले आग्रह गरे ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखि सवारी साधनहरू चेकजाँच गर्ने व्यवस्था मिलाएको छ । भित्रि एरियाको लागि भने मोटरसाईकलमा ट्राफिक प्रहरी खटाएको छ ।

काठमाडौं उपत्यकामा चैत्र ११ गतेदेखि आजसम्म लकडाउन उल्लङ्घन गर्ने ४७,३३८ वटा सवारी साधनहरू नियन्त्रणमा लिईसकेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१