थप ४३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६१० पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ जेष्ठ २०७७, सोमबार ०५:२८

काठमाडौँ । कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जुम्लाका २ प्रहरीसहित १९ जना र दैलेखमा २४ जनासहित ४३ जनामा संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । योसहित कर्णाली प्रदेशमा संक्रमितको संख्या ९४ पुगेको छ ।

यसअघि आइतबार नै देशभर १६६ जना संक्रमित थपिएका थिए । योसहित नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय १० पुगेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१