नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्यो : बाजुरामा मृत्यु हुने बालिकामा कोरोना पुष्टि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ जेष्ठ २०७७, सोमबार ०५:१२

काठमाडौं । बाजुरामा आइसोलेसनमा ज्यान गुमाउने बालिकामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्वाब परीक्षणमा ती बालिकाको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

बाजुराको जिल्ला अस्पतालमा रहेको आइसोलेसनमा रहेकी दुई वर्षीया बालिकाको गएराती मृत्यु भएको थियो। अभिभावकसँग भारतबाट आएकी उनको गएराती मृत्यु भएको अस्पतालका प्रमुख डा। रुपचन्द्र बिकले जानकारी दिए ।

गाउँको क्वारेन्टाइनमा रहेकी उनलाई स्वास्थ्यमा समस्या भएपछि जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनलाई ज्वरो आउने र बान्ता हुने समस्या थियो ।

अस्पतालले बालिकासँगै उनको आफन्तको पनि स्वाब परीक्षणका लागि पठाइएको थियो । उनकी आमामा पनि कोरोना भाइरस संक्रमण पाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१