नेकपा सचिवालय बैठक सम्पन्न : एमसिसीका विषयमा तिब्र विवाद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ जेष्ठ २०७७, आईतवार ०५:४२

काठमाडौं । एमसिसीका विषयमा निर्णय गर्न बसेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक निष्कर्षमा नपुगेर टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा एमसिसीका विषयमा तिब्र विवाद भएको थियो । बहुसंख्यकले एमसिसीका प्रावधान सच्चाएर मात्र अगाडि बढ्नुपर्नेमा आफ्नो मत राखेका छन् भने केहीले अगाडि बढाउनु पर्नेमा जोड दिएका छन् ।

एक सचिवालय सदस्यका अनुसार आजको बैठकमा पनि प्रधानमन्त्री ओलीले सदनमा दिएकै जवाफ दिएका थिए । तत्कालका लागि सदनमा उठेका प्रश्नमा अर्थमन्त्री खतिवडाले पनि ओलीले सदनमै दिएको जवाफ दिने सहमति सचिवालय बैठकमा भएको छ ।

नेकपाका एक सचिवालय सदस्य भन्छन्, ‘आजको बैठकमा पनि अध्यक्षले सदनमै प्रस्तुत भएझै गरेर जवाफ दिनुभयो । अन्य नेताहरुले त्यसको प्रतिवाद गरियो । उहाँले पेलेर जान खोजेजस्तो हामीलाई लागेको छ । पार्टी निर्णय नभएसम्म एमसिसी पास हुँदैन । उहाँले पास गर्नु खोज्नु भएको छ ।’

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले एमसिसीका विषयमा छिट्टै पार्टी बैठक बसेर टुंगोमा पुगिने जानकारी दिए । आजको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले बैठकमा एमसिसी सदनबाट टुंगो नलागेपनि विभिन्न बिकास निर्माणका काम सरकार आफैले गर्ने प्रष्टिकरण दिएको श्रेष्ठको भनाइ छ ।

एमसिसीको विषयमा टुंगो लगाउन अब फेरि अध्यक्षद्वयको परामर्समा छिट्टै सचिवालय बैठक बस्ने श्रेष्ठको भनाइ छ । आजको बैठकमा अर्थमन्त्री खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेता भीम रावललाईसमेत बोलाइएको थियो ।

संसदबाट पारित गर्न बाँकी रहेको एमसिसीका प्रावधानलाई लिएर नेकपाभित्र विवाद छ । नेकपाको कार्यदलले संशोधन नगरी पास नगर्न सुझाव दिएपछि एमसिसी अगाडि बढाउन अन्यौल देखिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली एमसिसी तत्काल पारित गर्नुपर्ने पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका बहुसंख्यक नेताहरु एमसिसीका प्रावधान परिवर्तन गरेरमात्र लागू गर्नूपर्ने पक्षमा उभिएका छन् ।

नेकपा केन्द्रीय समिति बैठकले वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वमा ज्ञवाली र रावल सदस्य रहेको एमसिसी अध्ययन कार्यदल बनाएको थियो । कार्यदलले पनि एमसिसीका कतिपय प्रावधान नेपालको सार्वभौमिकताविरुद्ध रहेकाले परिवर्तन गर्नुपर्ने सुझाव दिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१