एन्फा कप बिजेतालाई सम्मान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ भाद्र २०७१, आईतवार १२:१४

सुदिप अधिकारी/

झापा  ।  एन्फा कप २०७१ को विजेता झापा ११ को टिमलाई मिस झापा २०१४ को ग्रान्ड फिनाले समारोहमा वीरता जेसीजले नगद २५ हजारसहित सम्मान गरेको छ । सम्मानित हुनेहरुमा प्रमुख प्रशिक्षक भगीरथ आले मामा, झापा जिल्ला फुटबल संघका अध्यक्ष जलकुमार गुरुङ, टिम मेनेजर टेकराज किलिङ रहेका छन् । त्यस्तै खेलाडीहरु मिन बस्नेत, प्रवेश कटुवाल, नरेन्द्र लिम्बू, योगेश गुरुङ, विकी चौधरी, देवेन्द्र तामाङ, दिलेन लोक्ताम, सुमिन मैनाली, ज्ञानबहादुर बुढामगर, विशाल राई, कर्ण लिम्बू, विकास राई, कुमार गिरी, जनम मगर, दिनेश थापामगर, दिनेश कार्की, हेम गुरुङ, बुद्ध चेम्जोङ, युगल किशोर राईलाई सम्मान गरिएको छ । त्यसैगरी अफिसियलमा गोपाल राई र विकास गिरीलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुनेहरुलाई दोसल्ला र माला पहि¥याउनुका साथै सम्मान पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१