देशका विभिन्न भागमा वर्षा, यस्तो छ आगामी दिनको मौसमको पूर्वानुमान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ जेष्ठ २०७७, बिहीबार ०५:०६

काठमाडौं । राजधानी सहित देशका विभिन्न भागहरुमा बुधवार भारी वर्षा भएकाे छ । देशको अधिकांश भू–भागमा प्रि–मनसुनको प्रभावले आगामी ३ दिन वर्षाको सम्भावना रहेको बताइएको छ । बुधवार भारी वर्षाका कारण राजधानीका खोलाहरु भरिएर बाढी आएको थियो ।

देशभर मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षा प्रि–मनसुनका कारण सक्रिय भएकोे मौसमविद् राजु प्रधानाङ्गले बताएका छन् । मौसमविद् प्रधानाङ्गले भने, ‘प्रि–मसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जन सहित क्षणिक वर्षा हुने गर्छ ।’

अङ्ग्रेजी महिना मार्च, अप्रिल र मेसम्म ३ महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भू–भागको मौसम अपराह्न तथा साँझापख लगातार प्रभावित भइरहने हुन्छ । आगामी ३ दिन अपराह्न तथा साँझपख मौसम बदली भई वर्षा हुने बताइएको छ । आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएको जस्तो लागे पनि यो मनसुन नभई प्रि(मनसुनी गतिविधि रहेको मौसमविद्को भनाइ छ ।

सामान्यतया नेपालमा जुन १० देखि मनसुन शुरु हुने गर्छ । मनसुन भित्रन अझै १३ दिन बाँकी रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

बिहीबार देशको पश्चिमी भू–भागका केही स्थान र मध्य तथा पूर्वी पहाडी भु–भागका एक दुई स्थानमा मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसम विभागका अनुसार शुक्रबार देशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली हुनेछ । पूर्व र पश्चिमी भू–भागका केही स्थानमा भने मेघगर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१