नेपालमा कोरोना संक्रमित पाँचौं व्यक्तिको मृत्यु, लिभर बिरामीमा कोरोना पुष्टि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ जेष्ठ २०७७, बिहीबार ०४:५१

ललितपुर । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएका एक बिरामीको निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

किष्ट मेडिकल कलेज, ललितपुरमा उपचाररत ५७ वर्षीय पुरुषको आज साँझ मृत्यु भएको हो । उनमा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले ललितपुर महागनरपालिका २२ का ती बिरामी पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नागरिकखबरलाई बताए ।

डा. गेलालले भने, ‘किष्ट मेडिकल कलेजको आइसीयुमा उपचाररत बिरामीको आज साँझ निधन भएको र १२ गते स्वाव परीक्षणका लागि पठाएकोमा साँझ नै रिपोर्ट पोजेटिभ आएको जानकारी पाएको छु, अब के कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्दैछु ।’

ती बिरामी केही दिनअघि उपचारका लागि पाटन अस्पताल आएका थिए । ‘अल्कोहलिक लिभिर डिजिज’ बिरामी भएकाले आइसीयुमा राख्नुपर्ने भएपछि पाटन अस्पतालमा आइसीयु नभएपछि किष्ट मेडिकल कलेज पठाएको थियो ।

उनको स्वाव परीक्षणका लागि १२ गते पठाइएकोमा बुधबार साँझ रिपोर्ट आएको थियो । ती पुरुषको साँझ साँढे ७ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१