नेपालमा कोरोना संक्रमण : कुन उमेरका कति संक्रमित ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ जेष्ठ २०७७, सोमबार ०५:२८

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ । तीमध्ये ५२४ पुरुष र ७९ जना महिला रहेका छन् ।

संक्रमितको उमेरलाई हेर्दा नेपालमा सबैभन्दा बढी २१ देखि ३० वर्ष समूहका प्रभावित भएका छन् । अर्थात् युवाहरु बढी संक्रमित भएका छन् । तर, विश्वको कोरोना संक्रमितको उमेर हेर्दा ५० वर्षभन्दा माथिको उमेर समूहमा बढी देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितमध्ये १० वर्षसम्मका १७, ११ देखि २० वर्ष उमेरका ११६ जना रहेका छन् । यस्तै, २१ देखि ३० वर्ष उमेरका २२१, ३१ देखि ४० वर्षका १४९ र ४१ देखि ५० वर्षका ५७ जना रहेका छन् ।

यस्तै, ५१ देखि ६० वर्षका २४, ६१ देखि ७० वर्षका १४, ७१ देखि ८० वर्षका ४ जना रहेका छन् । ८० वर्षमाथिका १ जना मात्र रहेका छन् ।

कोरोना संक्रमणबाट बढी प्रभावित बालबालिका र वृद्धवृद्धा हुने भनिएको छ । तर, नेपालमा संक्रमणबाट मृत्यु हुनेमा २५ वर्षीय पुरुष, २९ वर्षीया महिला र ४१ वर्षीय पुरुष रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१