कैलालीमा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ जेष्ठ २०७७, आईतवार ०५:३१

माटोको ढिस्कोले पुरिएर कैलालीमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

घर नजिकैको जङ्गलमा माटो लिन जाँदा बर्दगोरिया गाउँपालिका–३ नितिकुण्डामा ३६ वर्षीया डम्मरा खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक अनिश भण्डारीले जानकारी दिए ।

ढिस्कोले पुरिँदा सोही ठाउँका १९ वर्षीया कल्पना खड्का र नौ वर्षीय सुनिल ढुङ्गाना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

घाइतेको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको घोडाघोडी अस्पतालमा उपचार भइरहेको र शव परीक्षणका लागि टीकापुर पठाइएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१