विभिन्न जिल्लामा थप ३६ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ५८४ पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ जेष्ठ २०७७, आईतवार ०५:१७

काठमाडौं । कोरोना भाइरसका थप ३६ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप जनासहित देशभर संक्रमितको संख्या ५ सय ८४ पुगेको जानकारी दिएका छन् ।

पछिल्ला संक्रमितमध्ये बाँकेका धेरै छन् । बाँके नरैनापुरका ६ जना पुरुष १७ देखि ३२ वर्ष उमेरका रहेका छन् । त्यस्तै नरैनापुर३ का १५ जना रहेका छन् । उनीहरु १७ देखि ३२ वर्षका पुरुष रहेका मन्त्रालयले जनाएको छ । नरैनापुर १ का २२ देखि ५० वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

संक्रमितमध्ये बैतडीको शिवनाथ गाउँपालिका चार जना पुरुषमा पनि कोरोना संक्रमण पाइएको छ । उनीहरु सेती प्रादेशिक अस्पतालमा उपचारका लागि आइसोलेसनमा छन् । त्यस्तै झापाका ३३ वर्षीय पुरुष र बर्दियाको बढैयातालका १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

सुर्खेतको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा २ पुरुष र एक महिलामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१