काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २० जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।
पछिल्लो अध्यावधिक विवरण अनुसार समय थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए । प्रवक्ता डा देवकोटाका अनुसार सेती प्रदेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीको जानकी गाउँपालिकाका ३ पुरुषहरु रहेका छन् । उनीहरु क्रमश १९,२३ र २६ वर्षका रहेका छन् । उनीहरु ३ जना नै सरस्वती माविको क्वारेन्टाइमा रहेका व्यक्ति भएको मन्त्रालयले जनाएको छ । यस्तै डडेल्धुराका २८ वर्षीया एक जना पुरुष रहेका छन् । उनी परशुराम १० का व्यक्ति हुन् । उनी डडेल्धुरा अस्पतालमा उपचार छन् ।
यस्तै बैतडी जिल्लाका एक जना २२ वर्षीया पुरुष रहेका छन् । उनको वैतडी अस्पतालबाट नमूना संकलन गरी सेती प्रादेशिक अस्पताल पठाइएको थियो । यस्तै बाँकेको भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा नेपालगञ्जका १४ जनामा कोरोना संक्रमति पुष्टि भएको छ । उनीहरु १० देखि ६१ वर्ष उमेर समुहका पुरुष रहेका छन् । यस्तै मोरङका ४१ वर्षीया पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया