प्रदेश ५ को नीति तथा कार्यकम जेठ १० गते प्रस्तुत हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ जेष्ठ २०७७, शुक्रबार ०६:२३

रुपन्देही । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १० गते ३ बजे प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश ५ मा रहेका तराईका ६ जिल्लामा २ सय र पहाडी जिल्लामा ५० बेडको आइसोलेसन केन्द्र बनाउने र आइसोलेसन केन्द्रमा पिसिआरबाट पोजेटिभ देखिएका तथा कोभिड १९ को लक्षण नदेखिएका बिरामी राख्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

आइसोलेसन केन्द्र बनाउन प्रदेश कोभिड कोषबाट बजेट दिइने निर्णय पनि बैठकले गरेको छ । यसैगरी जेठ १५ गते गणतन्त्र दिवसमा दिपावली गर्ने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१