वालवालिकालाई शिक्षा सामाग्री बितरण तथा नागरिक सम्मान कार्यक्रम सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ भाद्र २०७१, आईतवार ११:४२

सावित्री बस्नेत

काठमाडौँ / २९ भाद्र ।  शान्ति विकास अभियान नेपाल तथा राष्ट्रिय नागरिक नागरिक विकास समाजले चेपाङ वालवालिकाहरुलाई शिक्षा प्याकेज सामाग्री बितरण गरेको छ । IMG_7370करीब २ दर्जन  चेपाङ समुदायका वालवालिकालाई पर्यटन एवं संस्कृति मज्त्री भीम आचार्यको हातबाट प्रत्यक्ष शैक्षिक सामाग्री भदौ २७ गते राष्ट्रिय नाचरमा आयोजित विशेष कार्यक्रममार्फत प्रदान गरिएको हो । IMG_7367प्रमुख अतिथि नेपाल सरकारका माननीय मन्त्री भीम आचार्य पर्यटन तथा संस्कृति एवं पूर्व मन्त्री रमेशनाथ श्रेष्ठ लगायत अन्य विशिष्ट व्यक्तिको उपस्थितीमा संस्थाका अध्यक्ष महेशजंग कुँवरको तर्फबाट संस्थागत सहयोग अभियानमा राष्ट्रिय वाल दिवसको अवसर पारेर यो शैक्षिक सामाग्री बितरण तथा नागरिक सम्मान कार्यक्रम गरिएको थियो । IMG_7381भाद्र २७ गते शुक्रबार राष्ट्रिय नाचघर शान्ति विकास अभियान नेपाल एवं राष्ट्रिय नागरिक विकास समाजको आयोजनामा वाल दिवसको अवसरमा भएको राष्ट्रियस्तरको कार्यक्रम समाज र देश विकासका लागि योगदान पुर्याउने ४ दर्जनभन्दा बढी व्यक्तिहरु सम्मानित समेत भएका थिए । समाज विकास र राष्ट्र निर्माणका लागि शैक्षिक पर्यटन, आइटी, पत्रकारीता, कृषि, स्वास्थ्य शिक्षा, सामाजिक, राजनैतिक, आर्थिक र साहित्यक लगायतका अन्य विविध क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुहुने सष्ट्राहरु संस्थागत तर्फबाट नेपालको उच्च पदाधिकारीबाट सममानित भएका हुन् । सम्मानित हुनेहरुको अगुवा गर्दै पर्यटन व्यवसायी रामशरण थपलियाले कार्यक्रममा बोल्दै आ आफ्नो क्षेत्रबाट भएको कार्यको उच्च कदर गर्दै राष्ट्रियस्तरको कार्यक्रमबाट सम्मानित हुने मौका दिएकोमा संस्थाप्रति आभारी रहदे अझ समाज र राष्ट्रका लागि सक्दो योगदान पुर्याउन हौसला र प्ररणा मिलेको बताए । सम्मानित हुनेहरुमा सञ्चार क्षेत्रका अगुवा शिरोमणी दवमडी समेत हुनुहुन्थ्यो भने उहाँ विगत २ दशकदेखि सञ्चार क्षेत्रमा रहेर विविध तवरले सामाजिक सचेचना नागरिक आवाजमार्फत आफ्नो आवाज समाज परिवर्तनका लागि लाग्दै आउनुभएको छ । दवाडी कुशल रेडियो कार्यक्रम प्रस्तोता, उद्घोकरुपमा चिनिनुहुन्छ । त्यस्तै नेपालमा सूचना सञ्चार प्रविधि आइसिटी पत्रकारीता क्षेत्रमा विगत १ दशकदेखि लाग्दै सूचना प्रविधि विकासका लागि सआमसञ्चारमार्फत भूमिका खेल्दै आउनुभएका आइसिटी लिडरसप् व्यक्तित्व भरतराज उप्रेती समेत सम्मानित हुनुभएको छ । काम सानो ठूलो नहुने र समाजसेवा निस्वार्थ तवरले गर्न सके समाज र देशको विकासमा सहयोग पुग्ने हुदा १ दशक लामो समयदेखि विभिन्न क्षेत्रबाट  समाज सेवामा क्रियाशील रहदै राष्टको विकासका लागि योगदान दिनुहुने व्यक्तिहरुलाई थप हौसला र प्रेरणा मिलोस् र भावी पुस्ताले पनि सम्मानको अर्थ समाज र देश विकासका लागि निस्वार्थ सेवा र समाज रभन्ने बुझुन् भन्ने उद्देश्यले समाजमा रहेका त्यस्ता व्यक्तिहरुलाई राष्ट्रियस्तरबाट सम्मानित गर्ने संस्थाको विगतदेखि कार्यक्रमको निरन्तरता हो भन्नुभयो संस्थाका अध्यक्ष एवं कार्यक्रम संयोजक महेशजंग कुँवरले ।
राष्ट्रिय वाल दिवसको अवसरमा आजको आवश्यकता शान्ति र संबिधानः आर्थिक उन्नति र सामाजिक रुपान्तरण हाम्रो अभियान भन्ने नाराका साथ राष्ट्रिय नागरिक विकास समाजले भाद्र २३ देखि २९ गतेसम्म साताव्यापी विविधि सामाजिक अभियानका कार्यक्रमहरु समेत सञ्चालन गरेको थियो । साताव्यापीको मुख्य कार्यक्रम भने सडक अनाथ–असहाय वालवालिकाहरुको शिक्षाको लागि सहयोग एवं शान्ति र संबिधान निर्माणमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रियाको साथमा नागरिक सम्मान कार्यक्रम २०७१ को तय गरेको संयोजक कुँवरले बताउनुभयो । हरेक नागरिकको समाजप्रतिको दायित्व सरकारको भन्दा शुक्ष्म रहेकोले नागरिकको समाजप्रति अबका दिनहरुमा विेशष झुकाव हुर्नुपर्नेमा यो नागरिक सम्मानले थप प्रेरित र हौसित गर्ने कार्यक्रम व्यवस्थापक साधना बस्नेतले बताइन् ।

सोही कार्यक्रममा अपांगतालाई चिर्दै रोमा न्यौपानेले एक खुटाको सहारामा दर्शकहरुलाई हसाइृ हसाई नचाएकी थिइन् भने १७३ आवाजका धनी रमेश दुललले मादलका विभन्न तालहरुलको आवाज निकालेर सबैलाई मोहित बनाएका थिए । त्यस्तै लोक गायक प्रकाश कटुवालले रक्सी वोलको गीतको प्रस्तुतीलले सबैलाई छमछम नचाएका थिए । कार्यक्रम सांगीतिक रुपमा समेत मनोरम बनेको थियो । विभन्न युवा क्लव एवं बिद्यालयका स साना भाइ बहिनीहरुले आफ्नो प्रतिभा समेत साहेी कार्यक्रममा देखाएर सबैलाई मनोरञ्जन प्रदान गेका थिए । साँचै शान्ति विकास अभियान तथा राष्ट्रिय नागरिक विकास समाजको यो कार्यक्रम समाजका लागि अनुकरणीय रहेको सबैले महशुस गरेका थिए ।

शान्ति विकास अभियान नेपालको आयोजनामा राष्ट्रिय नाचघर जमलमा भएको नागरिक सम्मानका विशिष्ट व्यक्तित्वहरुको माझ  विगत १ दशकदेखि आइसिटी पत्रकारीता क्षेत्र र समाज सेवाको पुर्याएको योगदानको कदर गर्दै माननीय मन्त्री भीम आचार्य नेपाल सरकार संस्कृति तथा पर्यटन, पूर्व मन्त्री रमेशनाथ श्रेष्ठ र अन्य विशिष्ट व्यक्तित्व र शान्ति विकास अभियान नेपालका अध्यक्ष महेशजंग कुँवरसम्मान गर्नु भएको थियो  

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१