ईदको शुभकामना- डा. सैयद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ जेष्ठ २०७७, शुक्रबार ०५:१२

समाजसेवी चिकित्सक तथा सामाजिक अभियन्ता डा. मनोर दिन सैयदले पबित्र महिना रमदान पस्चात मनाइने ईदको पावन अबसरमा सम्पूर्ण मानब जातिमा सुस्वास्थ्य ,समृद्धि, मेलमिलाप,अमन चयन र बिश्व शान्तिको कामना  सहित सुभकामना ब्यक्त गर्नु भयको छ / अहिले पुरै बिश्व कोरोना महामारीले त्राहिमाम भयको वर्तमान अबस्थामा राज्यले समेत घोसणा गरेको लक डाउन को अबधि पनि २ महिना नाघिसकेको छ / कोरोनाबाट बच्न को लागि भौतिक दुरी कायम र मास्क को प्रयोग नै उत्तम उपाय भएकोले सम्पूर्णलाई सोहि अनुसार घरमै रही लक डाउनकोपालनागर्न  डा. सैयदले आव्हान गर्नुभयो/

लक डाउनले गर्दा आर्थिक अभाव झेलेका सर्बसाधारण जनताहरुको सेवामारमदान महिनाभर निरन्तरखटियका  डा. सैयदलेआफ्नो व्यक्तिगत साथै विभिन्न निकायहरुसंग समन्वय गरि २००० परिवारलाइ पुग्ने राहत वितरण समेत गर्नु भयो/यो महिनामा दान निकाली न्यून आय भयका तथा अनाथ हरुलाई पुन्य को काम , धार्मिकपठनपाठन र आफुलाई सुद्धिकरण गर्नुको साथै शान्तिको प्रार्थना गरिन्छ /

कोरोना बाट बच्ने उपाय हरु – सचेत रहने तर तनाव नलिने ,लकडाउनको नियम पालना गर्ने ,सामाजिक दुरी कायम राख्ने,मास्कको अनिबार्य प्रयोग ,स्यानीटाइजर प्रयोग/साबुन पानीले हात मिची मिची धुने ,सम्भावित व्यक्ति या कोरोना सम्पर्कमा भयकाहरुक्वारेनटाइनमा बस्ने ,कोरोना प्रमाणित भयकाहरु सरकारले तोकेको ठाउँमा आइसोलेसनमा रहने,छरछिमेकमा समस्यामा परेका हरुलाई खाद्यान्न सहितको सहयोग गर्नेतर राहत लिनजादा समेत दुरी कायम गर्ने,आफ्नो चिकित्सक, अस्पताल, एम्बुलेन्स,शब बहानर वडा कार्यालयको सम्पर्क नम्बर राख्ने र सरकारले गरेका कोरोना रोकथामका उपायहरुलाई सबैले मनन गरि सहयोग गर्ने /

अन्तमा: ईद मुबारक /

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१