दिउँसो धेरै सुत्नेलाई मधुमेह हुने खतरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ जेष्ठ २०७७, बिहीबार ११:०४

काठमाडौ। दिनको समयमा धेरै सुत्ने बानी स्वास्थ्यको लागि हानिकारक हुने देखिएको छ । साथै यसले मधुमेहको खतरा बढाउने शोधकर्ताहरुले बताएका छन् । दिउसो केही बेरको लागि सुत्नु स्वास्थ्यका लागि फाइदाजनक भएपनि लामो समयसम्म निदाउँदा टाइप टू मधुमेहको खतरा हुने शोधकर्ता बताउँछन्।

जापानको टोक्यो विश्वविद्यालयका शोधकर्ता टोमोहाइड यमादाले आफ्नो शोधका क्रममा नोभेम्बर २०१४ सम्म प्रकाशित विभिन्न अध्ययनको विश्लेषण गरेका थिए जसमा सुताइ, निद्रा तथा मधुमेहबीचको सम्बन्धका बारेमा अध्ययन गरिएको थियो ।
एसिया तथा पश्चिमी देशका २६१३६५ समेत कुल ६ लाख मानिसहरुमा गरिएको अध्ययनको विश्लेषण पछि शोधकर्ताले आवश्यक भन्दा बढि समय सुत्दा मधुमेहको खतरा ५६ प्रतिशतले बढ्ने निष्कर्ष निकाले ।

दिउसो एक घण्टा वा बढि समय सुत्दा मधुमेहको खतरा ४६ प्रतिशतले बढ्दछ । तर छोटो सुताइले भने यसतो कुनै खतरा गर्दैन उल्टै जिउमा स्फुर्ति ल्याउने तथा स्वस्थ राख्न मद्दत पु¥याउंछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१