कोरोनाभाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ जेष्ठ २०७७, बिहीबार १०:४०

काठमाडौं- नेपालमा कोरोनाभाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ।

रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो । भेन्टिलेटरमा उपचार भइरहेका उनको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको क्रिमशन अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले जानकारी दिए ।

मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ का ४१ बर्षका पुरुष हुन् ।

उनको शव व्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह गरिएको अध्यक्ष पाण्डेले बताए । पाण्डेका अनुसार अहिले मृतकका आफन्त अस्पतालमा जम्मा भएका छन् ।

शिक्षण पेशामा रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचारत थिए ।

उनको स्वास्थ्य अवस्था नाजुक भएका कारण उनलाई मंगलबार बुटवलको बिशेष कोरोना अस्पताल सार्न सकिएको थिएन । बिरामी सार्ने प्रक्रियामा जोखिम हुनसक्ने भन्दै प्रदेश सरकारका अधिकारीहरुले क्रिमशन अस्पताल प्रशासनलाई अनुरोध गरेपछि उनको त्यही नै उपचार भएको थियो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।

नेपालमा यसअघि पनि दुईजना व्यक्तिको कोरोनाबाट मृत्यु भएको थियो। जसमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका २५ वर्षे युवक हुन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१