थप १८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ जेष्ठ २०७७, मंगलवार ०५:०२

काठमाडौं । सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

मन्त्रालयले सोमबार राती १०:१५ बजे सार्वजनिक गरेको विवरण अनुसार धनुषा, खोटाङ, बाँके, दैलेख, सुनसरी र झापामा गरी १८ जनामा संक्रमण देखिएको हो।

नेपालमा हालसम्म २ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ भने ३६ जना उपचारपछि निको भएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१