बाँकेको नरैनापुरमा २६३ स्वाब परीक्षण गर्दा ६० जना कोरोना संक्रमित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ जेष्ठ २०७७, मंगलवार ०५:००

नेपालगञ्ज । बाँकेको नरैनापुरका विभिन्न ४ क्वारेन्टाइनबाट संकलन गरिएका २ सय ६३ स्वाब परीक्षणमा ६० जनामा कोरोना भाइरस संक्रमण पाइएको छ । सोमबार उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

नेपालगन्जस्थित भेरी अस्पताल ल्याइएका २ सय ६३ मध्ये ६० को रिपोर्ट पोजेटिभ आएको र बाँकी २ सय ३ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

आइतबार मात्रै नरैनापुरको एक क्वारेन्टाइनमा बसेका २५ बर्षिय युवकको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भइसकेको छ ।

मृत्यु भएका ती युवक सहित सोमबार दिउँसो पोजेटिभ देखिएका ४७ जना र सोमबार राती थप १२ गरि ६० जनाको रिपोर्ट पोजेटिभ आएको श्रेष्ठले जानकारी दिए ।

केहीदिन पहिला नरैनापुरको क्वारेन्टाइनबाटै कोरोना पुष्टि भएका ८ जनाको अहिले दाङको बेलझुण्डी अस्पतालमा उपचार भइरहेको छ भने बाँकेका पहिलो संक्रमित ६० बर्षिय एक व्यक्ती सहित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का २५ जनाको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा उपचार भइरहेको छ ।

सोमबार रातीको मन्त्रालयको विवरण अनुसार बाँकेमा थपिएका नयाँ १२ जनासँगै जिल्लामा संक्रमित हुनेको ९३ पुगेको छ भने, एकजनाको मृत्यु भइसकेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक सूचना जारी गर्दै अर्को सूचना नआउँदा सम्मको लागि भन्दै नरैनापुर पुरै सिल गरेको जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१